काठमाडौँ ।२०८१ साल फागुन २७ गते मङ्गलवार
ठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको पहलमा नेपालमा बोलिने सबै १२५ भाषामा साझा लेखन पद्धतिका लागि नयाँ फन्ट ल्याइएको छ ।
प्रज्ञा-प्रतिष्ठाले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा कलाकार रमेश पौडेलले “दुबो” नामक फन्टको डिजाइन गर्नुभएकाे हाे। प्रज्ञा-प्रतिष्ठान,नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबिच ३ महिनाअघि भएको सम्झौताअनुसार उक्त फन्टको डिजाइन गरिएको हो।त्यसैअनुसार कलाकार पौडेलले सो फन्ट हस्तान्तरण गर्नुभएकाे हाे ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रस्तावित फन्टले नेपालमा बोलिने सबै भाषाको लेखनमा एकरूपता आउने बताउनुभयो । कार्यदलका संयोजक डा. अमृत योञ्जन तामाङले प्रस्तावित फन्टले नेपालका भाषाहरूको लेखनमा सहजता आउने बताउनुभयो । कार्यदलका सदस्य प्रा. भीमनारायण रेग्मीले प्रस्तावित फन्टको विशेषताका बारेमा जानकारी दिनुभयो । फन्ट सिर्जना गर्ने आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले २२४ क्यारेक्टर रहेको “दुबो” फन्ट देवनागरी र युनिकोडभन्दा फरक लेआउट भए पनि प्रयोगमा ल्याउन सजिलो रहेको बताउनुभयो । प्रा. राम लोहनी, डा. कृष्णप्रसाद चालिसे, डा.कर्णाखर खतिवडा, दिलेन्द्र सुब्बा, डा.सूर्यप्रसाद यादव, राजनलाल जोशीले प्रस्तावित फन्टका विषयमा जिज्ञासासहित टिप्पणी गर्नुभए हो ।

