काठमाडौँ, नेपाल प्रज्ञा-प्रतिष्ठानका पदाधिकारी र युनान विश्वविद्यालय चीनका प्राध्यापकबिच
भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियोे । प्रज्ञा-प्रतिष्ठानका तर्फबाट कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी,डा.कृष्णराज अधिकारी ,बाबा बस्नेत,अमर न्यौपाने,त्रैलोक्यमान बनेपाली ‘अगिव’ ,हंसावती कुर्मी र प्राज्ञसभा सदस्य चेतनाथ धमला र प्रतिष्ठानका कर्मचारी लगायतको सहभागिता रहेको थियोे ।
यस भेटघाट कार्यक्रममा युनान विश्वविद्यालय चीनका प्रा.डा.तथा नेपाल मामिला विज्ञ वाङ चुङ र उपप्राध्यापक भरत शर्माको सहभागिता रहेको थियो । कुलपति राईले स्वागत गर्दै समकालीन नेपाली चिनिया लेखकका पुस्तकहरू एकआपसमा अनुवादसँगै युनान विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठानबिच प्राज्ञिक आदानप्रदान आवश्यक रहेको धारणा राख्नुभएको थियोे।भाषा ,साहित्य र सभ्यताको संरक्षण गर्दै आफ्नै बलबुतामा देशको विकास गरेकाले नै संसारकै आकर्षणको केन्द्र चीन बनेको धारणा कुलपति राईले राख्नुभएको थियोे ।उहाँले मायाको चिनो युनान विश्व विद्यालयका प्राध्यापकलाई प्रदान गर्नुभएको थियोे।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा विश्वविद्यालयस्तरीय सांस्कृतिक पक्षको अध्ययन गर्दै अघि बढ्नुपर्ने र चीनमा भइरहेको नेपाली भाषाको अध्ययनलाई टेवा पुर्याउन श्रव्य र दृश्य सामग्रीको उत्पादन गर्न सके पठनपाठनमा सहज हुने बताउनुभएको थियोे।














\
युनान विश्वविद्यालयका प्रा.डा. वाङ चुङले चीनमा नेपाली भाषा पढ्ने विद्यार्थीको रोजगारी निकै राम्रो छ।कृति अनुवाद सांस्कृतिक आदानप्रदान मात्रै हो भने विआरआइ आर्थिक विकासका लागि महत्त्वपूर्ण पाटो रहेको बताउनुभएको थियोे ।२१ वर्षअघि आफू नेपाल आएर अध्ययन गरेको स्मरण गर्दै चीनको रोजगारीमा नेपालीलाई जे जस्तो स्पेस छ ,अरू विदेशीलाई भने त्यति सहज नरहेको बताउँदै दुवै देशबिचको मैत्रीपूर्ण सम्बन्धमा जोड दिनुभएको थियोे ।उहाँले चीन प्रविधि ,विकास , समकालीन साहित्य ,संस्कृति ,कला र शिक्षाका क्षेत्रमा निकै अघि बढेको बताउनुभएको थियोे।युनान विश्व विद्यालयका उपप्राध्यापक भरत शर्माले भेटघाटको ओैचित्यबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू डा. मधुसूदन गिरी,डा.कृष्णराज अधिकारी ,बाबा बस्नेत,अमर न्यौपाने,त्रैलोक्यमान बनेपाली ‘अगिव’र अधिकृत विश्वास घिमिरे लगायतले जिज्ञासा राख्नुभएको थियोे।उद्घोषण प्रज्ञा-प्रतिष्ठानका अधिकृत रविन्द्र तिमल्सिनाले गर्नुभएको थियोे ।


