काठमाडौँ, कमलादी । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपवाद्य सङ्गीत निर्देशक विकासनाथ योगी २०८२ साउन ८गते अनिवार्य सेवा निवृत्त हुनुभएको थियोे ।।२०४५चैत्र २४गते सेवामा प्रवेश गरे यत्ता ३७ वर्षसम्म कार्यरत रही योगीले उपवाद्य सङ्गीत निर्देशकको पदबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे ।
बिदाइ कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले मृदुभाषी, इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको परिचय बनाएका योगीलाई सेवा निवृत्त जीवनमा पनि आफूले ज्ञान प्राप्त गरेको साङ्गीतिक क्षेत्रलाई थप ऊर्जाशील बनाउनुपर्ने बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सङ्गीत र वाद्यवादनमा साधनारत रही कर्मचारीका रूपमा योगदान गरेका योगी जिम्मेवारीप्रति निष्ठावान् र कर्मठ रहेको उल्लेख गर्दै निवृत्त जीवनलाई झनै क्रियाशील बनाउनुपर्ने बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका निवृत्त उपवाद्य सङ्गीत निर्देशक विकासनाथ याेगीले अहिलेकाे परिषद् आमकर्मचारीहरूकाे हितमा कार्य गर्ने परिषद् रहेकाले अहिलेसम्मकै उत्कृष्ट प्राज्ञ परिषद् भएको बताउनुभएको थियोे ।बिदाइ कार्यक्रममा कुलपति भूपाल राईले खादा,फलफूल र सदस्य सचिव डा.धनप्रसाद सुवेदीले चेक तथा पेन्सन पट्टा प्रदान गर्दै बिदाइ गर्नुभएको थियोे।यसैगरी प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले निवृत्त योगीलाई सम्मान-पत्र प्रदान गर्नुभएको थियोे ।
कार्यक्रममा राष्ट्रिय कर्मचारी सङ्गठन प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर,लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोक चौरसिया, नेपाल कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष जयराज जोशीले समेत आआफ्नो धारणा राख्नुभएको थियोे ।
कार्यक्रमकाे सञ्चालन प्राज्ञ सम्पर्क कार्यालयका उपप्रमुख बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे।












