काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपप्रमुख सुरेन्द्रकाजी सिन्दुराकार३० वर्ष बढी कार्यरत रही आफ्नो सेवा अवधि पूरा गरी निवृत्त हुनुभएको छ ।प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सुरेन्द्रकाजी सिन्दुराकारलाई अबिर माला, प्रमाण-पत्र र दोसल्ला ओढाउँदै उहाँ जिम्मेवारीमा रहँदा वफादार र काममा निपूर्ण रहेको चर्चा गर्नुभएको थियोे ।
बिदाइ समारोहमा उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले मायाको चिनो तथा फलफूल , सदस्य सचिव डा.धनप्रसाद सुवेदीले अधिकारपत्र (पेन्सनपट्टा) प्रदान गर्नुभएको थियोे ।
निवृत्त उपप्रमुख सिन्दुराकारले समेत धारणा राख्नु भएको थियोे ।भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले बिदाइ कार्यक्रमको सञ्चालन गर्नुभएको थियोे ।



























