काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियोे।










“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मन्त्रका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।समग्रमा हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
यस प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० %को छुट दिइएको छ । शब्दकाेशहरूमा १ प्रतिकाे २० प्रतिशतका दरले छुट रहेको छ ।यस प्रदर्शनी स्थलमा २००० (दुई हजार) थानभन्दा बढी पुस्तकहरू राखिएको छ।पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्यशास्त्र ‘पेरी पाेइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।