काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । सम्बोधनमा वहाँले मातृभाषाको महत्वलाई उजागर गर्दै यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक र साहित्यिक सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो ।
भारतीय दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव पनि उपस्थित थिए। विशेष अतिथिका रूपमा भारतका प्रतिष्ठित मराठी साहित्यकार डा. स्वाती शिन्दे पवार र नेपालका वरिष्ठ लेखक तथा साहित्यकार डा. गंगाप्रसाद अकेलाको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी प्रमुख डा सञ्जिता वर्माले गर्नुभएको थियो ।