काठमाडौँ । २०८० पुस २६ गते ,बिहीवार । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको एक कार्यक्रमबिच जीवनप्रवेश रोकामगरले ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले प्रतिष्ठानकै देवकोटा सभाकक्षमा ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।
यस अवसरमा कुलपति राईले प्रतिष्ठानबाट प्रकाशित मगरभाषाको साहित्यिक पत्रिका “मिक”को विमोचन गर्दै समावेशी ढङ्गबाट सम्पूर्ण भाषाभाषीको स्वामित्वबोध हुने गरी प्रज्ञा-प्रतिष्ठानले काम गरिरहेको छ । साथै मगरभाषाको साहित्यिक पत्रिका मिक जस्तै तामाङ,राई र गुरुङलगायतका ओझेलमा परेका विभिन्न मातृभाषाका साहित्यिक पत्रिकाहरू प्रकाशित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।
यसैगरी स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कुष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै मगरभाषा -साहित्य हामी सबैको सम्पदा भएकाले यसको संरक्षण ,प्रवर्द्धन र विकासमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियोे ।यस कार्यक्रमका सभाध्यक्ष ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्यको उत्थान गर्नमा प्रतिष्ठान लागिपरेको छ । क्रमशः सम्पूर्ण मातृभाषीको साहित्य सिर्जनालाई उच्च प्राथमिकता दिने बताउँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे ।
यस कार्यक्रममा मिक पत्रिकाको परिचय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीमगरले गर्नुभएको थियोे ।
यस कार्यक्रममा जीवनप्रवेश रोका मगरद्वारा प्रस्तुत ‘मगर खाम (भाषा) को साहित्यिक अवस्था’ विषयक कार्यपत्रमाथि पूरक सुझाव डा.टीपी धमला,कर्णबहादुर बुढामगर ,नन्दबहादुर घर्तीमगर,सुमित्रा बुढामगर,गौबहादुर आलेमगर,गोपाल पुनमगर र गुप्तबहादुर रानामगरले राख्नुभएको थियोे ।
यस कार्यक्रममा वाम्बुले राई भाषाका कवि एलिना वाम्बुले राई ,गुरुङ भाषाका कवि
छम गुरुङ र रानाथारू भाषाका कविरोहित रानाथारूले आआफ्नो मातृभाषामा कविता वाचन गर्नुभएको थियोे ।
यसैगरी “मिक”का प्रधान सम्पादकमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी , कार्यकारी सम्पादकमा प्रज्ञासभा सदस्य डा. विष्णुकुमार सिञ्जालीमगर ,सम्पादक मण्डलमा जीवनप्रवेश रोकामगर ,जगबहादुर बुढामगर ,मनकुमारी ठाडामगर (मनु) ,हिरामती रानामगर र हेमा आलेमगर ‘बोगी’ तथा सल्लाहकारमा प्रा.डा. केशरजङ बरालमगर, लोकबहादुर थापामगर र कर्णबहादुर बुढामगर रहनुभएको मिकको पहिलो अङ्कको विमोचन प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले गर्नुभएको थियोे ।यस कार्यक्रमको उद्घोषण तथा सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला ।


