काठमाडौँ। शुक्रवार ,भदौ १, २०८०
नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ -बुकिङ सेवा’खुल्ला गरेको छ।
यसको शुभारम्भ प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच गर्नुभयो । उहाँले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प छैन। यस सेवाले हल प्रयोगकर्तालाई छिटो , छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने छ भन्नुभयो ।
यसैक्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ‘हल इ -बुकिङ सेवा’को प्रभावकारिता झन् बढ्ने छ र वेभसाइटलाई आवश्यकताअनुसार परिमार्जन गर्दै जाने बताउनुभयो ।
यसैगरी सिल्भरगेट सफ्टवेयर प्रा.लिले हल-इ -बुकिङ साइटको निर्माण गरेको हो ।यसका प्रमुख कार्यकारी अधिकृत तथा सफ्टवेयर इन्जिनियर करुण थापाले प्रज्ञा-प्रतिष्ठानको वेभसाइट, फेसबुक पेज, इ -बुक, हल इ- बुकिङ र अनलाइन सेवाका लागि आवश्यक प्राविधिक सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
यस शुभारम्भ कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल कृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्यहरूमा डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, बाबा बस्नेत,त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हंसावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुखहरू र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीहरूको उपस्थिति रह्यो ।
यस शुभारम्भ कार्यक्रमको सञ्चालन भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।
हल बुक गर्नका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ः
https://booking.nepalacademy.org.np/