काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २१०ओैँ आदिकवि भानुभक्त आचार्यजयन्ती उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किरातीको विशिष्ट आतिथ्य ,नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई विशेष अतिथि , सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा तथा ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली लगायतको विशेष आतिथ्य एवम् विभिन्न अतिथिहरूको उपस्थिति रह्यो ।भानु समारोह भव्यसभ्य रहयो ।वरिष्ठ कथाकार राजेन्द्र विमल र समालोचक दयाराम श्रेष्ठ “सम्भव” पुरस्कृत हुनुभयो । यसैगरी प्रभातफेरीको उद्घाटन रिबन काटेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।