काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा (मातृभाषा, कोश र व्याकरण) विभागले ‘दसैँ र मोहनीबिच समानता र असमानता ‘विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर उक्त विचार-गोष्ठीको समुद्घा
टन गर्नुभएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा
साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख डा. मधुसूदन गिरीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्य बारे प्रकाश पार्दै दसैँ मानिसका विश्वास ,आदर्श र विचारका दृष्टिकोणबाट अघि बढ्दै आएको छ। महाकालीको हिंसात्मक र विभत्सव स्वरूपको दसैँमा पुजाआजा गरिँदै आएको देखिन्छ। जव मातृसत्ता सकियो तव पितृसत्ताले कालीको तस्बिरलाई विभत्सव स्वरूपमा बदलेको हुन सक्ने आँकलन गर्नुभएको थियोे।दसैँ र नेवार जातिको मोहिनीबिचको सांस्कृतिक भेदका बारेमा गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गर्नु भएको थियोे।
कार्यक्रमका सभाध्यक्ष प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् मातृभाषा(मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली’अगिब’ले नेवार जातिको मौलिक सांस्कृतिक पर्व मोहिनी र दसैँको भिन्नताबारे अध्ययन गर्ने उद्देश्यले कार्यक्रम राखेको बताउनुभएको थियोे।उहाँले विभिन्न मातृभाषीका भाषा र संस्कृतिबारे विमर्श गर्दै जाने कुरामा जोड दिनु भएको थियोे। यसैगरी प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले समेत उक्त विचार-गोष्ठीमा भाग लिनु भएको थियोे ।


कार्यक्रममा माेहनीकाे मालश्री धुनमा लाेककवि राजाभाइ जकःमिले आफ्नो
माेहनी लोककविता वाचन गरेर सङ्गीतमय माहाैल बनाउनु भएको थियोे ।
कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे।
