भारत ,उत्तरप्रदेश/वाराणसी। नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबिच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा २०८१ साउन ३२ गते ,शक्रवार हस्ताक्षर भएको थियोे ।


उक्त प्रतिबद्धतापत्रमा प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्रा.डा.दिवाकर प्रधानले हस्ताक्षर गर्नुभएको थियोे । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा ,साहित्य र दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबिच समय-समयमा कार्यक्रम गर्ने सहमति भएको थियो ।
नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबिच भएको थियोे। प्रज्ञा-प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने विषयमा सहमति गरिएको थियोे ।
पशुपति वैदिक आश्रम गुरुकुल विद्यालय नवलपुर,नेपालका प्रमुख सल्लाहकार धर्मराज बरालको सक्रियतामा दुवै पक्षबिच प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको थियोे । प्रतिबद्धतापत्रको साक्षीका रूपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका प्रा.डा.हरिप्रसाद अधिकारी, नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद सदस्य डा.कृष्णराज अधिकारी, भारतीय भाषा विभाग काशि विश्वविद्यालय नेपालपीठका प्रमुख डा.मुकुन्द शर्मा रहनुभएको थियोे । प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरिएको थियोे ।( २०८१ साउन ३२ गते शुक्रवार ,समाचार राससको सहयोगमा तयार पारिएको हो )


