काठमाडौँ । लेनिन स्मृतिको शतवार्षिकीका सन्दर्भमा
नेपाल प्रज्ञा -प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा प्रज्ञा -प्रतिष्ठानमा आयोजित “नेपाली समाजका सन्दर्भमा लेनिनवाद”विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक हरि रोकाले “नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य”बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले कार्यपत्रमाथि टिप्पणी गर्दै लेनिनको अध्ययन र दर्शनलाई आत्मसात् गरी राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियोे ।उहाँले लेनिनको सन्देशलाई सर्वोपरि ठान्दै सर्वहारा वर्गको नेतृत्वमा किसान र मजदुरको साथमा बलियो शक्ति निर्माण गर्न सकिन्छ र राज्यसत्ता वर्गीय हुन्छ भन्नुभएको थियोे ।

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य टङ्क कार्कीले लेनिन विख्यात राजनीतिज्ञ र सच्चा माक्र्सवादी भएकाले उहाँको विचार अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको थियोे ।
यस्तै कवि सङ्गीत स्रोताले लेनिनवादप्रति युवा पुस्तालाई जागरूक पार्दै उहाँको विचार र दृष्टिकोणबारे प्राज्ञिक बहस गर्नु आवश्यक रहेको बताउनुभएको थियोे ।