आधिकारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका
नवनिर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण सम्पन्न ।
काठमाडौँ । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिको पाँचौँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण तथा बधाई ज्ञापन २०८१ साउन १४ सम्पन्न भएको थियोे।











कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अविर र खादा लगाएर नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कुनै पनि प्रश्न नउठ्ने गरी सन्तुलित ढङ्गले आधिकारिक ट्रेड युनियन लाग्नुपर्ने बताउनु भएको थियोे ।उहाँले प्रज्ञा-प्रतिष्ठान असल संस्कृति निर्माण गर्ने थलो भएकाले यस कार्यमा कर्मचारी पनि लाग्नुपर्ने बताउनु भएको थियोे ।
विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रज्ञाका कर्मचारी र पदाधिकारी एकअर्काका परिपूरक हौँ ।कुनै पनि काम ऐन कानुनको स्रोतलाई टेकेर जानुपर्ने हुन्छ ।संस्थाको गरिमा र मर्यादालाई ख्याल गर्दै आधिकारिक ट्रेड युनियन लाग्नुपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभएको थियोे ।
कार्यक्रमका अतिथि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सरकारी स्वायत्त सङ्घका अध्यक्ष प्रकाश अवालेले नवनिर्वाचित पदाधिकारीहरूले ट्रेड युनियन अधिकारको मर्मअनुसार काम गर्दै कर्मचारीका जटिल बिषयमा सहजीकरण गर्न जोड दिँदै कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियोे ।
कार्यक्रमका अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीले ट्रेड युनियनको काम हस्तक्षेपकारी नभई सन्तुलनमुखी हुनुपर्ने बताउनुभएको थियोे।उहाँले योग्यता ,क्षमता र दक्षताका आधारमा समग्र कर्मचारीलाई समान र सन्तुलित आँखाले हेर्नुपर्नेमा जोड दिँदै नवनिर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष तथा नवनिर्वाचित अध्यक्ष महेश्वर थापा मगरले कुनै पनि सान्दर्भिक कुरालाई मनन गर्दै व्यवस्थापन र कर्मचारी एकसाथ अघि बढ्ने बताउनु भएको थियो ।उहाँले प्रज्ञा- प्रतिष्ठान प्राज्ञ परिषद् र कर्मचारीबिच समान र नियमसङ्गत पुलको काम गर्ने बताउनु भएको थियोे । स्वागत मनतव्य उक्त आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष रामकुमार बोहराले र उद्घोषण सचिव झनप्रसाद अधिकारीले गर्नुभएको थियोे।