काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति ‘दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण गरिएको छ । यसको निर्देशन Ingi Hopo Koinch Sunuwar ले गर्नुभएको छ ।
यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले आतिथ्यसहित’ दमिनी भीर’ नाटक प्रदर्शनको अवलोकन गर्नुभयो ।यस अवसरमा उहाँले उपन्यास ‘दमिनी भीर’को नाटय रूपान्तरण बेजोड छ।यसले समाजमा रहेका वर्ग विभेद , बञ्चितीकरण र अन्तरविरोधलाई मार्मिक ढङ्गबाट देखाउँछ । जुन कला र अभिनयका दृष्टिकोणले नाटक सुन्दर बनेको छ’ भन्नुभयो ।
यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी ,प्राज्ञ परिषद् सदस्यहरू डा.मधुसुदन गिरी ,डा.कृष्णराज अधिकारी, बाबा बस्नेत , डा. कौशिला रिसाल, अमर न्यौपाने,त्रैलोक्यमान बनेपाली ‘अगिव’ र प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारी लगायतले प्रस्तुत नाटकको अवलोकन गर्नुभयो ।
यस नाटकको प्रदर्शन यसै भदौ २२गतेदेखि मण्डला थिएटर थापागाउँमा भइरहेको छ ।सो प्रदर्शन असोज १० गतेसम्म मण्डला थिएटर थापागाउँमा नै हुने छ ।शुक्रवार र शनिवार भने दिउँसो १ बजेबाट नाटक प्रदर्शन हुनेछ ।तर प्रत्येक सोमवार भने वन्द रहने छ ।’दमिनी भीर’ उपन्यास जस्तै ‘दमिनी भीर’नाटक पनि स्तरीय नै छ। यसमा नाटय
रूपान्तरण,पात्रचयन,कला ,अभिनय, साजसज्जा र वेषभूषा चित्ताकर्षक देखिन्छ ।त्यसकारण दिनहुँ नाटक हेर्ने दर्शकहरूको उपस्थिति बढिरहेको छ । त्यसैले ‘दमिनी भीर’ नाटक आफैँमा सफल देखिन्छ ।
(चेतनाथ ,२०८०भदौ २६ गते मङ्गलवार )