नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागद्वारा आयोजित मातृभाषा साहित्यको २२ओैँ शृङ्खला सम्पन्न भयो । प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङको सभाध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको मनतव्य, डम्बर थामीले ‘थामी भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । ।कार्यक्रममा हिरामती राना,
भूमिका चौधरी (डङ्गौरा थारु)र प्रतापसिं नाछिरिङले कविता वाचन गर्नुभयो । सञ्चालन प्राज्ञ चेतनाथ धमलाको रह्यो ।









