२०७९ फागुन १६ गते, काठमाडौँ । तीन ओटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूलाई एकै ठाउँ जमल स्थित राष्ट्रिय नाचघरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । उक्त शुभकामना कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठान गरी तीन ओटै संस्थानहरूबिच बधाई तथा शुभकामना आदानप्रदान भएको थियो ।