काठमाडौँ २०८१ साउन १२ गते शनिवार ।नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।
प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियोे ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको थियोे ।उहाँले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत् राष्ट्रसेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भएको थियोे । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोजअनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञानचक्षुका साथ अघि बढ्नुपर्ने बताउनु भएको थियोे ।उहाँले हाम्रो भूगोल हार्डवेयर भए जस्तै भाषा ,साहित्य ,संस्कृति ,कला ,दर्शन र ज्ञानविज्ञान सफ्टवयर हो ।सफ्टवयरको पक्ष बलियो भएन भने निर्जीव वा स्थुल जस्तै हुन्छ ।त्यसकारण ‘ज्ञान खोज्न प्रज्ञा-प्रतिष्ठान जाओैँ’ भन्ने भावना जागृत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुहुँदै तीनओटै प्रज्ञा-प्रतिष्ठानका समस्याको समाधानमा आफू लागिपर्ने बताउनु भएको थियोे ।



















नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृति मानवजातिको ढुकढुकी हो ।यसमा आएको विकृति र विसङ्गतिले समाजलाई लथालिङ्ग पार्ने भय छ ।त्यसैले समयमा नै यसको नियमन र नियन्त्रण गर्ने अधिकार प्रज्ञा-प्रतिष्ठानहरूमा निहित हुनुपर्ने बताउनु भएको थियोे ।साथै लेखन,गायन,नृत्य र अभिनयमा देखिएको विकृतिलाई यथाशीघ्र नियमन गरिनुपर्नेमा जोड दिनुभएको थियोे ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले तीनवटै प्रज्ञा-प्रतिष्ठानबिच सहअस्तित्व र सहकार्यबारे धारणा राख्दै हाम्रो मौलिक संस्कृतिमाथि भएको अतिक्रमणविरुद्ध एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियोे ।उहाँले त्यसविरुद्ध नियमन वा नियन्त्रण गर्ने संयन्त्र र अधिकार प्रतिष्ठानमै रहनुपर्ने बताउनुभएको थियोे ।
सम्मिलनका उद्घोषक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी,नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले आआफ्ना प्रज्ञा-प्रतिष्ठानको परिचय ,उद्वेश्य ,लक्ष्य ,भावी योजना र समस्याका बारेमा धारणा प्रस्तुत गर्नुभएको थियोे ।






























समेत आआफ्ना धारणा व्यक्त गर्नु भएको थियोे ।ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय बान्तवा,प्रदीप अधिकारी , दिनेश महतो तथा प्राज्ञसभा सदस्य झिग्मे लामा,प्रदीप शाक्य ,नरेन्द्रप्रसाद भण्डारी र चन्द्र रानाहान्छाले समेत आआफ्नो विचार व्यक्त गर्नुभएको थियोे।
प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियोे ।
(क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा -प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने ।
(ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने ।
(ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने ।
(घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।
(ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।
(च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
(छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने ।
(ज)नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने ।
(झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने ।
(ञ) पुस्तक, पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सारलगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने ।
(ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने ।
(ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियोे ।
(ड) संस्कृति ,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पेस गरिएको सङ्घीय संस्कृति नीति ,२०८० को मस्यौदा पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने ।
उक्त प्राज्ञिक सम्मिलनको अन्तरक्रिया तथा विमर्श कार्यक्रममा व्यक्त भएका धारणाहरूको बुँदागत संयोजन गरी घोषणापत्र जारी गर्न नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईको संयोजकत्वमा ७सदस्यीय तयारी समिति बनेको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल , नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारी ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला ,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेल र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी रहनु भएको थियोे ।