दमौली ,२०८१ चैत २ गते शनिवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (गद्य) विभागद्वारा आयोजित गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च दमाैली तनहुँद्वारा सहआयोजित ‘गण्डकी प्रदेश आख्यान महाेत्सव’-२०८१ भव्य रूपमा सम्पन्न भएको थियोे।
महोत्सवमा,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (गद्य) विभाग प्रमुख अमर न्यौपानेले प्रज्ञा-प्रतिष्ठानले ‘नलेखिएका कथाहरू’ खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनु भएको थियोे। न्यौपानेले नेपाली साहित्य तथा लोपोन्मुख भाषा संरक्षणका लागि प्रज्ञा-प्रतिष्ठानले जिल्ला र स्थानीय तहमा गठन भएका प्रतिष्ठान तथा विभिन्न साहित्यिक सङ्घ संस्थासँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभएको थियोे।

महोत्सवमा डा. षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासबारे प्रवचन दिनुभएको थियोे। उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने र साहित्यकार अम्बिका भट्टराई लगायतले टिप्पणी गर्नुभएको थियोे ।
महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस गरिएको थियो। बहस कार्यक्रमको सहजीकरण अध्यापक डा. अशोक थापाले गर्नुभएको थियोे । उक्त बहसमा सहभागी साहित्यकारहरू प्रभा बराल, गणेश पौडेल, बन्धुराज अधिकारीले आख्यान के हो र यसभित्र के के पर्छन्? कस्तो आख्यान लेख्ने? आख्यानको सैद्धान्तिक स्वरूप र परम्परा लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।



चौथो चरणका ‘पाँच कथाकारका पाँच कथा’ वाचन कार्यक्रममा साहित्यकारहरू रमेशचन्द्र घिमिरे, देवीबहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य र भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो ।
प्रस्तुत कथामाथि मुस्ताङका स्रष्टा वसन्त शेरचनले आफ्नो प्रतिक्रिया राख्नुभएको थियोे । कार्यक्रमको पाँचौँ चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा ‘मर्यादा’ नामक नाटक मञ्चन गरिएको थियो।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यान विधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व रहेको थियो।कार्यक्रममा आसन ग्रहण, सभाध्यक्ष, प्रमुख अतिथि, खादा,माला, स्वागत भाषण र धन्यवाद ज्ञापनको व्यवस्था गरिएको थिएन।यसले मूलभूत रूपमा कुर्सीजन्य विभेद कतै देखिएको थिएन् ।तैपनि कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियोे ।कार्यक्रमको शैलीबाट सहभागीहरू पनि खुसी भएको पाइन्थ्यो ।