काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानमा विगत साढे २८ वर्षदेखि कार्यरत खरिदार गणेशमान आचार्यले अनिवार्य अवकाश लिनुभएको छ । यसै सिलसिलामा आयोजित बिदाइ कार्यक्रममा गणेशमान आचार्यलाई प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले अधिकार-पत्र(पेन्सन पट्टा एवम् चेक हस्तान्तरण गर्नुभएको थियोे ।

यसअवसरमा कुलपति राईले सेवा प्रवेश गर्दा उत्साहित र निवृत्त हुँदा निराश हुनुपर्ने अवस्था आउनु हुँदैन । निवृत्त भएपछि पनि ऊर्जाशील रहनु सबभन्दा महत्त्वपूर्ण कुरा हो भन्नुभएको थियोे । ।यसै सिलसिलामा उहाँले पुर्वाग्रह र मानसिक विकारलाई परित्याग गरी प्रज्ञा-प्रतिष्ठानको गौरवमय मूल्यवोध गर्न सक्नुपर्छ ।मुद्दा मामिलाभन्दा कामतिर ध्यान दिनु नै हित हुने देख्छु भन्नुभएको थियो ।
यसैक्रममा अनिवार्य अवकाश प्राप्त खरिदार गणेशमान आचार्यलाई प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ” विमलनिभा”ले मायाको चिनो प्रदान गर्नुभएको थियोे ।

यसैक्रममा प्रशासन प्रमुख सुमन अधिकारी, भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतम लगायतका कर्मचारीको सहभागिता थियोे ।
यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन( नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ,नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समिति)का अध्यक्ष धनबहादुर कार्कीले प्रज्ञा-प्रतिष्ठानमा रही सेवा गरेबापत पुरस्कार स्वरूप ग्रेड वृद्धि हुनु खुसीको कुरा हो भन्नुभएको थियोे । हामीहरू कसैले पनि अनावश्यक हल्ला गरेर कमजोर हुने काम गरियौँ भने अवरोध पुग्न सक्छ । यस प्रवृत्तिबाट जहिले पनि गणेशमानजी मुक्त रहँदै कर्तव्यनिष्ठ भई काम गर्नुभएको थियोे । यसबाट हामीले सबैले पाठ सिक्न सक्नुपर्छ भन्नुभएको थियो ।
यस कार्यक्रमको सञ्चालन शाखाअधिकृत बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे ।




(२०८०साल,साउन १९ गते,शुक्रबार )