गत भदौ १० गते रसुवास्थित भोटेकोशीको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
देशलाई परेको यस विपद्का कारण मोती जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भदौ २६ गते हुने भनिएको गजल वाचन कार्यक्रम असोज १६ गते हुने जानकारी गराइन्छ ।
नयाँ मिति : असोज १६, शुक्रबार
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान,
कमलादी काठमाडौँ


