नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागद्वारा प्रकाशित कोइँच (सुनुवार) भाषाको साहित्यिक पत्रिका चुप्लु वर्ष :१,अङ्क:१,माघ २०८१ प्रकाशित भएको छ ।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक तथा देवकुमार सुनुवार ,लक्ष्मीराम सुनुवार ‘लक्ष्मण’, शोभा सुनुवार र पामबहादुर सुनुवार सम्पादक मण्डलमा रहनुभएको छ। चुप्लुको कार्यकारी सम्पादकमा उत्तमकुमार सुनुवार रहनुभएको छ। प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक सुनुवार भाषामा साहित्यिक पत्रिका प्रकाशित गरेको हो ।