काठमाडौँ । कुनै पनि राष्ट्र र समाजका लागि सांस्कृतिक सत्ता महत्त्वपूर्ण विषय हो ।सांस्कृतिक सत्ता के हो? यसबारे बहस अनिवार्य छ । प्रज्ञापालिकाको अवधारणा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले अघि सार्नुभएको छ ।यससँगै सांस्कृतिक सत्ता के हो ? सांस्कृतिक समता के हो ? संस्कृति र पहिचान केन्द्रीत कविता के कस्ता हुन्छन् ?यावत् जिज्ञासाहरू हामी सामू छन् ?यी जिज्ञासा निरूपण गर्ने उद्वेश्यले कुलपति राई एकल कविता वाचन , सांस्कृतिक सत्ता र समताबारे बहस गर्न यही २०८० भदौ ३० गते शनिवार चितवन जाँदै हुनुहुन्छ ।उहाँले कुलपतिको हैसियतमा यो बहस (मिसन)आफ्नो एकल कविता वाचनसहित पहिलोपल्ट चितवनबाट आरम्भ गर्दै हुनुहुन्छ ।उहाँका कविता सुनौँ र सांस्कृतिक बहसमा सहभागी हौँ ।यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लागकोमा साहित्य सङ्गम परिवार चितवनलाई धन्यवाद छ ।