अमेरिका । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई गत कार्त्तिक २८ गते अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज-बोर्ड अफ् ट्रस्टीको आमन्त्रण र व्यवस्थापनमा अमेरिकाको डिसी प्रस्थान गर्नुभएको छ । कुलपति राई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आज नोभेम्बर १९ तारिख आइतवार, भर्जिनियाको मनासस सहरस्थित वाएन्दम होटलमा प्रदान गरिने पुरस्कार वितरण समारोहको प्रमुख अतिथिको रूपमा जानुभएको हो ।
साथै,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य ) विभाग प्रमुख बाबा बस्नेत सो कार्यक्रममा भाग लिनु विशिष्ट अतिथिको रूपमा पुगिसक्नु भएको छ ।



किरात राई अर्गनाइजेसन अफ अमेरिकाको पहलमा त्यहाँका विभिन्न राज्यहरूमा स्वागत तथा भेटघाटको कार्यक्रम राखिएको कुरा सुरेश चाम्लिङले बताउनुभयो ।यसैगरी अनेसास डिसी मेट्रो च्याप्टरद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा ११५अौँ जयन्तीका अवसरमा कुलपति राई र प्राज्ञ बस्नेत लगायतको स्वागत र सम्मानमा कविता वाचन गरिएको थियोे । यसैगरी नोभेम्बर १९ को मुख्य कार्यक्रम रहेपनि न्युयोर्कमा नोभेम्बर२५ ,नोभेम्बर२६बोस्टनमा ,कोलो-राडोमा २ डिसेम्बरमा भव्य कार्यक्रम हुँदैछ ।




