नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियोे । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मानको आयोजना गरेको थियोे ।

यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरूआफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताउनु भएको थियोे ।यसैगरी पत्रकार लोकमणि राई लगायतका व्यक्तिहरू कार्यक्रममा सक्रिय रहनुभएको थियोे ।