नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले किरात राई जातिमा बोलिने भाषाहरूको साझा साहित्यिक / सांस्कृतिक पत्रिका ‘खुवालुङ’को दोस्रो अङ्क २०८१ पुसमा प्रकाशित गरेको छ । प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य ,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक ,निराजन राई, तेजमाया दुमी राई ,कुम्भराज राई र दिवस राई सम्पादक मण्डलमा तथा कार्यकारी सम्पादकमा तिलक चाम्लिङ रहनु भएको छ। विगत २ वर्षदेखि ‘खुवालुङ’प्रकाशित हुँदै आएको छ।