काठमाडौँ ।कवि तथा आख्यानकार नारायण तिवारीद्वारा रचित ‘अब तिम्रो पालो’ कवितासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो ।यस सङ्ग्रहको लोकार्पण न्युरोड कविकुनामा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा ) लगायतले गर्नुभएको थियो ।
यसैगरी स्रष्टाका लागि”न्युरोड कविकुना” प्रसिद्ध छ ।यसलाई अचेल “फुटपाथ एकेडेमी”को रूपमा चिनिन्छ । यहाँ प्रायः काठमाडौँ उपत्यकाका लेखक र साहित्यकारहरूको दिनहुँ जमघट भइरहन्छ ।
यसै सिलसिलामा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा कवि विमलनिभा , आख्यानकार नयनराज पाण्डे, कवि तथा कथाकार अविनाश श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि तथा आख्यानकार नारायण तिवारी, कवि तथा समालोचक पुरुषोत्तम सुवेदी, कवि श्यामल ,कवि तथा समालोचक शार्दूल भट्टराई र आख्यानकार किशोर पहाडी लगायतको जमघट थियोे ।
यसै अवसरमा नारायण तिवारीद्वारा रचित “अब तिम्रो पालो “कवितासङ्ग्रहको लोकार्पणसहित चर्चा भएको थियोे ।
(२०८० साल,साउन १९ गते, शुक्रवार )