काठमाडौँ । आदिवासी जनजाति कलाकारद्वारा रचित तथा स्वरबद्व गीतहरूको भिडियो र चलचित्र निर्माणमा विशेष योगदान क्वालिटी फिल्मस् प्रालिले पु-याउँदै आएको छ ।यस विधाको थप उन्नयन गर्ने उद्वेश्यले क्वालिटी फिल्मस् प्रालिले ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ को आयोजना भव्यतापूर्वक सम्पन्न गरेको छ ।

यस अवसरका प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले अादिवासी जनजातिका सांस्कृतिक पक्षका गीत-सङ्गीत ,कला र चलचित्र जति पनि छन् ।तिनलाई विशुद्ध सांस्कृतिक क्रियाकलापको रूपमा मात्रै होइन। अब तिनलाई विचारसँग जोड्नु आवश्यक भइसकेको छ भन्नुभयो ।
यसै क्रममा समारोहका प्रमुख अतिथि राईले विभिन्न आदिवासी स्रष्टाहरूलाई अवार्ड प्रदान गर्नुभयो ।
यसैगरी तामाङ भाषामा गीतकारको अवार्ड प्रकाश योञ्जनले, उत्कृष्ट तामाङ गायकको अवार्ड जीवन बोमजनले, तामाङ गायिकाको अवार्ड अन्जु थोकरले प्राप्त गर्नुभयो । तामाङ भाषाकै मेन्दो माया गीत तर्फ उत्कृष्ट गायकको अवार्ड आरम्भ तामाङले, उत्कृष्ट गायिकाको अवार्ड फूलमाया तामाङले, गायिकाको जुरी अवार्ड सन्जु लामाले, पब्लिक च्वाइस अवार्ड शान्ति माम्बाले प्राप्त गर्दा म्हेन्दो माया विधाकै गीतबाट डायस्पोरा तर्फको गायक अवार्ड विश्व पासा तामाङले प्राप्त गर्नुभयो ।
यसैगरी गुरुङ भाषाको गीत तर्फ उत्कृष्ट गायिकाको अवार्ड पवित्रा गुरुङले र गुरुङ गायिकाको जुरी अवार्ड ममता गुरुङले प्राप्त गर्नुभयो ।
यसैगरी लिम्बू गीततर्फ उत्कृष्ट गीतकारको अवार्ड लीला सेलिङ मावोले, म्युजिक कम्पोजरको अवार्ड रीता फोम्बो ठूलीले, गायिकाको अवार्ड दुर्गा तुम्साले प्राप्त गर्नुभयो । त्यस्तै लिम्बूतर्फ नै गायिकाको जुरी अवार्ड इन्दिरा नेम्वाङले प्राप्त गर्दा उत्कृष्ट लिम्बू गायकको अवार्ड जीवन केदेमले प्राप्त गर्नुभयो। समारोहमा गायक असार सिं निङलेकुले जुरी अवार्ड प्राप्त गर्दा लिम्बु गीतबाटै मोडलको अवार्ड सुजु सेरेङ र दिप केरुङले प्राप्त गर्नुभयो । साथै लिम्बू भाषाकै मोडल तर्फको जुरी अवार्ड यासेली योङहाङले प्राप्त गर्नुभयो । यसैगरी समारोहमा राई तर्फ गीतकारको अवार्ड अनुका राईले प्राप्त गर्नुभयो भने सुनुवार भाषामा उत्कृष्ट गायिकाको अवार्ड कल्पना सुनुवारले, उत्कृष्ट गीतकारको अवार्ड तारादेवी सुनुवारले प्राप्त गर्नुभयो । यस्तै आदिवासी गीतमा मोडलको अवार्ड अन्जु गुरुङले प्राप्त गर्नुभयो भने गाउँ प्रवर्द्वन आदिवासी गीततर्फ उत्कृष्ट गीतकारको अवार्ड अर्जुन गुरुङले प्राप्त गर्नुभयो । यसै क्रममा म्युजिक भिडियो तर्फ तामाङ गीतको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड भुवन स्याङेबो तामाङले प्राप्त गर्नुभयो । लिम्बू भाषाको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चेम्जोङ र झ्याउरे लोकगीत तर्फ उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड तेन्याङ सरु राना गुरुङले प्राप्त गर्नुभयो ।

यस्तै नृत्य कलाकार अरुसी अस्लामी मगर, ढाका वेषभूषा प्रवर्द्धक सरु लिम्बु, दौरा सुरुवाल डिजाइनर कोपिल नेपाली (ज्याक भाइ), राष्ट्रसेवक होम लावती, समाजसेवी रत्न सुब्बा लावती, सामाजिक अभियन्ता आशा राई नेम्वाङ, गायक तुलमान गुरुङ, मोडलहरू रुपेश आलेमगर, दीपक थापा माइथाने मगर, गणेशमान घले, सङ्गीत व्यवसायी अलबर्ट बज्राचार्य, मेकअप आर्टिस्ट जनुमा पुन, व्यवसायी विष्णुकुमारी लिम्बू, व्यावसायी नोरबहादुर तामाङ, भिडियो निर्देशक होम धिताल, समाजसेवी सावित्री सुनुवार, राजनीतिज्ञ रामकुमार सुनुवार, राजनीतिज्ञ पृथ्वीबहादुर फौदार सिंह, मिडियाकर्मी सेसिमी लिम्बूलगायत सम्मानित हुनुभयो । यस समारोहमा गायिका मेचु धिमालको गायन ,आरुसी मगर र अन्य कलाकारको नृत्य निकै आकर्षक रह्यो । कार्यक्रम स्थल आदिवासी जनजाति समुदायको उस्थितिले खचाखच भरियो ।यस क्षण रमणीय र सांस्कृतिकमय रह्यो । यस क्रममा राई, लिम्बू, सुनुवार, थकाली, नेवार, गुरुङ, मगर, तामाङ, थारु, शेर्पा, थकाली तथा गैरआदिवासी कलाकारहरू आ-आफ्नो वेषभूषामा सजिएकाले समारोह समभाव , सांस्कृतिकमय र झकिझकाउ हुनपुग्यो । यस समारोहका विशेष अतिथि सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ गीतकार डब्बु क्षेत्री, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य लगायतको उपस्थिति रह्यो । यसैगरी क्वालिटी फिल्मस्का अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले आफ्नो अध्यक्षतामा आयोजित समारोहको समापन गर्दै ‘आदिवासी जनजाति प्रतिभाहरूको हकहित , पहिचाहन , सांस्कृतिक उत्थान र एकताका लागि ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्मस् अवार्ड’-२०८०को आयोजना गरिएको बताउनुभयो’ । यस समारोहका अवार्ड संयोजक सनी लिम्बूले महत्त्वपूर्ण प्रतिभा र व्यक्तित्वहरूको उचित पहिचान गरेर आगामी दिनमा उपर्युक्त अवार्डमा विभिन्न भाषाभाषीका गीत-सङ्गीत तथा चलचित्रहरूलाई समेट्दै जाने बताउनुभयो ।
( २०८० भदौ १३ गते बुधबार )