काठमाडौँ।२०८० चैत २८ गते बुधवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही रू एक लाख राशिको प्रज्ञा पुरस्कार- २०८० अर्पण गरिएको थियोे । यसै क्रममा कुलपति राईले खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार ,मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार , शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार ,घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ,प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार ,बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य) ,राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य),गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार ,प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार डा.योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गर्नु भएको थियोे ।

सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रममा प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा व्यक्तित्वहरूले समेत आआफ्नो मन्तव्य राख्नुभएको थियोे ।
