एक बर्से प्राज्ञिक जिम्मेवारीको समीक्षा
काठमाडौँ ।२०८० फागुन ४ गते शुक्रवार ।
नेपाल प्रज्ञा–प्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको ‘एक बर्से प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा’ समीक्षात्मक भेटघाट तथा छलफल नक्सालस्थित ललितकला प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरिएको थियोे ।
उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, सौरगङ्गा दर्शनधारी, अरुणा हिङ्माङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, त्रैलोक्यमान बनेपाली प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, झिग्मे लामा, चन्द्रकुमार राई, नरेन्द्रप्रसाद भण्डारी, प्रदिप शाक्य, र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू डा.कृष्णराज सर्वहारी र चेतनाथ धमलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले तीनवटै प्रतिष्ठानले एकवर्षको अवधिमा गरेका कामहरूको चर्चा गर्नुभएको थियो ।
(तस्बिर :नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठान)