काठमाडौँ ,२०८१ साल चैत्र १ गते शुक्रवार।
इतिहासशिरोमणि बाबुराम आचार्यको १३८औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पानसमा बत्ती बालेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपालले समुद्घाटन गर्नुभएको थियोे । उहाँले इतिहास, विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनु भएको थियोे । कुलपति राईले आफू इतिहासशिरोमणि आचार्यको विद्धता र योगदानबाट प्रभावित भएको बताउँदै प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गर्नुभएको थियोे।उहाँले कार्यपत्रमा उल्लेख भएको आचार्यजीको जीवनको पूर्वार्द्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद , मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको जिकिर गर्नुभएको थियोे ।
इतिहासशिरोमणि प्रतिष्ठानका अध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्रा.डा. त्रिरत्न मानन्धरले आचार्य त्यस बेलाका अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उहाँको योगदानको कदर गर्न प्रतिष्ठान लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।प्रतिष्ठानका उपाध्यक्ष प्राडा सुरेन्द्र केसीले इतिहास शिरोमणि आचार्यको इतिहास लेखनमा ज्यादै महत्त्वपूर्ण योगदान रहेको बताउँदै राज्यले अहिलेसम्म उचित योगदान गर्न नसकेको बताउनुभएको थियोे । कार्यक्रममा प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले उहाँको ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति रहेको आफूले पढेको बताउँदै इतिहासशिरोमणि आचार्य सृजनशीलतामा निडर र हक्की स्वभावको भएको कुरा उहाँका कृतिले पुष्टि गर्ने उल्लेख गर्नुभएको थियोे ।
























