काठमाडौँ । आधिकारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिको पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा महेश्वर थापा मगर निर्वाचित हुनुभएको थियोे । नव निर्वाचित अध्यक्ष मगरको अध्यक्षतामा २०८१ साउन ६ गते बिहीवार समितिको विस्तारित बैठक बसेको थियोे ।नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सरकारी स्वायत्त सङ्घका अध्यक्ष प्रकाश अवालेको आतिथ्यमा विस्तारित बैठक बसेको थियोे ।बैठकले उक्त समितिको सल्लाहकारमा प्रज्ञा–प्रतिष्ठानका उपप्रमुख राजेन्द्रकुमार शाही ठकुरी, कामु उपप्रमुख भिमप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष धनबहादुर कार्कीलार्ई मनोनयन गरेको थियोे ।