काठमाडौँ । नेपाल आधिकारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिको पाँचौँ अधिवेशन अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा २०८१ असार २६ गते सम्पन्न भएको थियो । अधिवेशनका प्रमुख अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मनिरत्न श्रेष्ठले सम्पूर्ण कर्मचारीहरूले संस्थागत गरिमालाई ध्यान दिँदै अघि बढ्नुपर्ने बताउनुभएको थियोे । उहाँले प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरूको सेवासुविधा समयानुकूल हुनुपर्नेमा जोड दिनु भएको थियोे ।विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरूको अधिकारका लागि स्थापित भएकोआधिकारिक ट्रेड युनियन संस्थगत हितमा लाग्दै रचनात्मक क्रियाकलापमा लागिपर्न जोड दिनु भएको थियोे ।त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतिका अध्यक्ष अम्बादत्त भट्टले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।अधिवेशनका अतिथिहरूमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य द्वय डा.मधुसूदन गिरी र बाबा बस्नेत तथा नेपाल प्रज्ञा-प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका उपाध्यक्ष सविना ज्ञवाली , नेपाल प्रज्ञा-प्रतिष्ठान लोकतान्त्रिक कलाकार कर्मचारी सङ्घका अध्यक्ष अशोक चौरासिया अतिथि रहनुभएको थियोे।

सङ्गठनका सचिव रामकुमार बोहराले साङ्गठनिक प्रतिवेदन र सङ्गठनका कोषाध्यक्ष झनप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको थियोे ।
उक्त अधिवेशनले अध्यक्षमा महेश्वर थापा मगर,उपाध्यक्षद्वय रामकुमार बोहरा, किरण अधिकारी ,सचिवमा झनप्रसाद अधिकारी ,सह–सचिवमा सरेन्द्र महर्जन ,कोषाध्यक्षमा कृष्णबहादुर दाहाल ,सदस्यहरूमा मिनबहादुर थिङ्ग सावित्री नेपाली,सन पुजारी,विष्णुलाल नेपाली,पुनम श्रेष्ठ,कल्पना बस्नेत, अनिता कार्की, विना पराजुली,अन्जन थापा मगर, नविनराज चौलागाई,भीम आचार्य,सुनिता शाही ठकुरी सहित १९जनालाई निर्वाचित गरेको थियोे ।
