काठमाडौँ ।२०८१ असार २३ गते आइतवार।
नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ४१ओैँ प्राज्ञसभाको सन्दर्भमा रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियोे।
पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीको लागि राखिएको छ। प्रदर्शनीको मुख्य लक्ष्य भनेको प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउने रहेको छ ।
“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।














