काठमाडौँ, कमलादी । नेपाल प्रज्ञा-प्रतिष्ठानका शाखा अधिकृत उदयदेव घिमिरेले उमेरहदका कारण ५८ बर्से सेवाअवधि पूरा गरेर अवकाश प्राप्त गर्नुभएको थियो । अधिकृत घिमिरेको बिदाइ गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलेआफ्नो अनुभवबाट प्राप्त जीवनलाई गतिशील बनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको थियोे ।


यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन)का अध्यक्ष धनबहादुर कार्कीले बिदाइ मनतव्य र कवियत्री राधा कार्की दुलालले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे । (२०८० साल फागुन २३ गते )