काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४अौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । ‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।

राजनीतिक र सामाजिक मान्यता,अनुसन्धान ,
नाम र मूल स्थानिक,क्रिया र विशेषणका बिच सङ्गति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राख्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले
कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा-प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताउनु भएको थियोे ।अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्त्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेको मा कुलपति राईले चर्चा गर्नुभएको थियो । नेपालमा जेजति भाषाहरू छन् ,ती सबै नेपाली सम्पदा भएकाले यसको संरक्षणमा लागिपर्नु बताउनुभएको थियोे। उहाँले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा-प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा छ। यही अभियानले नै मातृभाषाबिच सहकार्य भइरहेको बताउनुभएको थियोे ।

नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएको थियोे।उहाँले अछामी भाषा र साहित्यको थप अनुसन्धान गर्न जोड दिनुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै आज डा.हर्कबहादुर शाहीले प्रस्तुत गर्नुभएको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले
ठुलो प्रभाव पार्ने बताउनु भएको थियोे ।प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताउनु भएको थियोे ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल,शिवप्रसाद
जोशी ,भूपध्वज ,यासेली र शाक्य सुरेनले आआफ्नो जिज्ञासा राख्नुभएको थियोे।
कार्यक्रममा कलाकार हिरन राईले ‘बिनायो र पात ‘बजाएर रैथाने बाजाको धुन प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी,जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गर्नुभएको थियोे ।उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे ।